Comments Add Comment

भारतमा ५३ पत्रकारलाई कोरोना भाइरस संक्रमण

Photo Credit : the print

काठमाडौं । भारतको मुम्बईमा ५३ जना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनले एक सय ६७ पत्रकारहरुमा गरेको परीक्षणमा ५३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको हो । संक्रमित पाइएकामध्ये अधिकांश टेलिभिजनमा काम गर्ने छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका लुभ अग्रवालले सबै पत्रकारहरुलाई आफ्नो काम गर्दा सुरक्षाको सबै प्रबन्ध गर्न आग्रह गरेका छन् । उनले पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण देखिनुलाई दुर्भाग्य रहेको बताएका छन् । उनले परीक्षण गर्नुपर्ने सबै पत्रकारको कोरोना भाइरस परीक्षण हुनुपर्ने बताए ।

परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका अधिकांश पत्रकारहरुमा कुनै पनि लक्षण देखिएको थिएन । मुम्बई प्रेस क्लबका प्रमुद गुरुवीर सिंहले आफूहरुले पत्रकारलाई सकेसम्म फिल्डमा नजाने व्यवस्था मिलाउन प्रयास गरिरहेको बताए ।

यसअघि भारतको चेन्नईमा पनि दुई पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गत मार्चमा मध्यप्रदेशको भोपालमा पनि एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment