
काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा कम्पनीका संस्थापक ज्याक माले विश्व स्वास्थ्य संगठन (डब्लूचओ) लाई लाखौं स्वास्थ्य सामग्री सहयोग गर्ने भएका छन् । मंगलबार उनले लाखौं मास्क र परीक्षण किट्स सहयोग गर्ने घोषणा गरेका हुन् ।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गर्दै आफू र अलिबाबाले डब्ल्यूएचओलाई १० करोड क्लिनिकल मास्क, १० लाख एन–९५ मास्क र १० लाख परीक्षण किट्स अनुदान दिने बताएका हुन् । उनले कोरोना भाइरसविरुद्धको लडाइँलाई ‘एक विश्व, एक लडाइँ’ को संज्ञा दिएका छन् ।
ज्याक माले यो महामारीमा दिन लागेको यो पहिलो सहयोग भने होइन । यसअघि पनि ज्याक माले विभिन्न मुलुकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् । साथै उनले कोरोना भाइरसको खोप बनाउन पनि एक करोड ४१ लाख डलर सहयोगको घोषणा पनि गरिसकेका छन् ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4