Comments Add Comment

काठमाडौं महानगरपालिकाबाट ५५ हजारलाई राहत

८ सय ५६ को र्‍यापिड टेस्ट

९ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाबाट राहत लिनेको संख्या ५५ हजार तीन सय ४३ पुगेको छ । त्यस्तै ६ हजार ७ सय १५ जनालाई खाना खुवाएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । र्‍यापिड डाइनोस्टिक टेस्ट गराउनेको संख्या ८ सय ५६ पुगेको छ ।

काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्ट गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यका अनुसार अहिलेसम्म ३२ मध्ये २५ वटा वडाका ८ सय ५६ जनाको र्‍यापिड टेस्ट गरिएको हो ।

ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३ सय २१ जनाको विवरण संकलन गर्ने काम महानगरपालिकाले गरेको छ ।

‘२०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेकालगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षणलाई तिव्रता दिएका छौँ,’ प्रमुख शाक्यले भने, ‘लकडाउनको अवधिमा कोही पनि भोक–भोकै पर्नु पर्ने अवस्था नआवोस् भनेर समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेका छौँ ।’

प्रमुख शाक्यले दोस्रो चरणमा फिल्डमा खटिरहेका र बढी सम्पर्कमा रहेका जनप्रतिनिधि, कर्मचारी र राहतमा खटेकाहरुको परिक्षणलाई प्राथमिकता दिइने बताए ।

लकडाउनपछि अहिलेसम्म ३५ हजार ६ सय ८० लाई काठमाडौँ महानगरपालिकाको स्रोतबाट र १९ हजार ६ सय ६३ लाई दाताहरुको सहयोगमा राहत वितरण गरेको काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए ।

‘अहिलेसम्म ६ हजार ७ सय १५ जनालाई खाना खुवाएका छौँ,’ उनले भने, ‘राहतका लागि फारम भर्नेको संख्या अहिलेसम्म ६३ हजार २ सय ८६ पुगेको छ । लकडाउन अवधि लम्बिएसँगै फारम भर्नेको संख्या पनि बढिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment