Comments Add Comment

गोरखाका स्थानीय तहलाई थर्मल गन र मास्क

९ वैशाख, गोरखा । जिल्लाका स्थानीय तहलाई थर्मल गन र मास्क वितरण गरिएको छ । गोरखाको आरुघाट गाउँपालिका–८ आरुपोखरीका स्थानीय प्रेम खत्रीले जिल्लाका विभिन्न स्थानीय तहलाई ज्वरो नाप्ने ४० थान थर्मल गन र ५ हजार मास्क वितरण गरेका हुन् ।

गण्डकी गाउँपालिकालाई ९, भीमसेन थापा गाउँपालिकालाई ८, गोरखा नगरपालिकालाई ७ र चुमनुव्री गाउँपालिकालाई ४ थान थर्मल गन वितरण गरिएको उनले बताए । त्यस्तै शहीद लखन र धार्चे गाउँपालिकालाई २÷२ थान थर्मल गन वितरण गरिएको उनको भनाइ छ ।

‘जिल्लाका सुरक्षा निकायलाई ४ थान र गोरखा अस्पताललाई २ थान थर्म गन वितरण गरे,’ उनले भने, ‘लायन्स आखा अस्पताल र रेडक्रस गोरखा शाखालाई पनि १÷१ थान थर्मल गन उपलब्ध गराएको छ ।’

विभिन्न स्थानीय तहलाई ५ हजार थान मास्क पनि उपब्लध गराएको उनले जानकारी दिए । पर्यटन व्यवसायी एवं काग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका खत्रीले जिल्लाका स्वयंसेविकाहरुका लागि एन ९५ मास्क वितरण गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment