+
+
Shares

सेनिटाइजर कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते २०:१६

९ वैशाख, सुनसरी । ह्याण्ड सेनिटाइजरको कालोबजारी गरेको आरोपमा प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

इटहरीको मनकामना टोलमा सञ्चालित सौर्य केमिकलका सञ्चालक ३० बर्षीय अतित गुरागाईं र कस्मेटिक पसल जेबी इन्टरप्राइजेजका सञ्चालक इटहरी ६ का ४५ बर्षीय अमरजीत गोस्वामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सौर्य केमिकलका सञ्चालक गुरागाईंले बिना अनुमति सौर्य नामक ह्याण्ड सेनिटाइजर उत्पादन गरी गोस्वामीको कस्मेटिक पसलमा भण्डारण गरी राखेको अवस्थामा भेटिएको थियो । मापदण्ड विपरीत उत्पादन गरिएको ठूलो मात्राको सेनिटाइजरसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले कम परिमाणको ह्याण्ड सेनिटाइजर उत्पादन गरी प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएको अबस्थामा ७० र ३० एमएलका एक हजार सात सय ७० वटा प्लाष्टिकका बोतल बरामद गरेको हो ।

यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरेको जनाएको छ ।

उनीहरुलाई कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?