Comments Add Comment

जुम्लाबाट राजापुर हिँडेका मजदुरको उद्धार   

१० वैशाख,दैलेख । जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ थारु समुदायका कामदारलाई उद्धार गरिएको छ ।

लायन्स क्लबमा आबद्ध व्यक्तिले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर सवारी साधनमार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले यातायातबापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिने गरी दैलेखबाट उनीहरूको उद्धार गरिएको हो । साथीहरू हिँड्न नसक्ने अवस्थामा नभएको र धेरैको खुट्टा फुटेको कुरा पत्रकारले थाहा पाएर सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल यात्री शिवप्रसाद थारुले जानकारी दिए ।

लायन्स क्लब दैलेखका सदस्यले व्यक्तिगत रुपमा रु एक हजार पाँच सय संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान सुरु गरेको र अहिलेसम्म दुई सयभन्दा बढीलाई खाना खुवाएर गन्तव्यमा पठाइएको लायन्स क्लब दैलेखका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment