+
+
Shares

तुलसीपुरमा श्रम बैंक, राहत लिनेलाई काम अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ९:३६

१० वैशाख, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गर्दै बसेको नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।

श्रम बैंक सञ्चालन गर्न वडाध्यक्षको संयोजकत्वमा वडा–वडामा श्रम समिति बनाइने छ । यस्तो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ । ‘जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि बढाइएको हो ’ नगर प्रमुख घनश्याम पाण्डेले भने ।

‘असक्त, ज्येष्ठ नागरिक लगायतकालाई भने राहतका लागि श्रम वैकमा काम गर्नुपर्ने छैन’ नगरप्रमुख पाण्डेले भने ।

उनले तत्कालै श्रम बैंकको काम अगाडि बढ्नेसमेत बताए । बाहिरबाट फर्किएका श्रमिकहरुलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो । श्रम बैंकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ ।

प्रवक्ता श्याम डाँगीका अनुसार विपन्नलाई राहत दिने र सो बाफत वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?