
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या आठ लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार, अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख २४ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या पनि ४५ हजार ३९ पुगेको छ ।
अमेरिकाको न्युयोर्क राज्यमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । न्युयोर्कमा दुई लाख ५८ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । त्यस्तै न्यु जर्सीमा ९२ हजार र मासाचुएट्समा ४१ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।
न्युयोर्कमा अहिलेसम्म १९ हजार एक सय १४ पुगेको छ । न्युजर्सीमा कोरोना भाइरसको कारण चार हजार सात सय ५३ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा अहिलेसम्म एक हजार नौ सय ६१ को मृत्यु भइसकेको हो ।
अहिलेसम्म अमेरिकामा ७५ हजार पाँच सयभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया 4