+
+
Shares

साहित्यकार पीटर जे. कार्थकको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ११:२४

१० वैशाख, काठमाडौं । ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ उपन्यासबाट नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका साहित्यकार पीटर जे. कार्थकको निधन भएको छ ।

बुधबार बिहान ७७ वर्षको उमेरमा नेपाल क्यान्सर हस्पिटलमा उनको निधन भएको उनको परिवारजनले बताएका छन् ।

कार्थकको घाँटीमा मासु पलाएपछि बायोप्सी गर्दा क्यान्सर भन्ने थाहा भएको थियो । तर, त्यो क्यान्सर उद्गम कहाँ भएको थियो भन्ने थाहा हुन सकेको थिएन । कार्थकको भोलि अन्तेष्टि हुँदैछ ।

भारतको सिलोङमा जन्मिएका कार्थकको प्रारम्भिक शिक्षा दार्जिलिङमा भएको थियो । सन् १९६६ मा काठमाडौं आएका पिटरले १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका थिए । उनका ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, ‘पिटरका कथा’, ‘नेपाली म्युजिक मेकर्स’ र ‘काठमान्ड्रुइड्स’ प्रकाशित छन् ।

नेपालमा अंग्रेजी भाषाको पत्रकारितामा पनि उनको उल्लेखनीय योगदान छ । सन् २००० मा ‘द हिमालयन टाइम्स’ शुरू हुँदा उनी संस्थापक सम्पादन समूहमा थिए । सन् २००२ देखि २००८ सम्म उनले ‘द काठमाडौं पोस्ट्’मा पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?