+
+

अध्यादेश फिर्ता लिन कांग्रेस प्रदेश ५ को संसदीय दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १५:३४

१० वैशाख, बुटवल । नेपाली कांग्रेस संसदीय दल प्रदेश ५ ले सरकारले हालै ल्याएका दुवै ल्याएको विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका कार्यवाहक नेता वीरेन्ऽकुमार कनौडियाले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी अलोकतान्त्रिक एवम् संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणसँग पूरै विश्व एक भएर लडिरहेको विषम परिस्थितिमा नेपाल सरकारले हतार-हतारमा जारी गरेको संवैधानिक परिषद र राजनैतिक दल सम्बन्धी दुवै अध्यादेशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा संसदमा बलियो जनमत रहदा पनि अध्यादेशमार्फत पार्टी विभाजन सहज गराउने अध्यादेश पारित गर्नु घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको लोकतान्त्रिक आन्दोलनकै उपहास भएको जनाइएको छ ।

कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्नुपर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर सरकारको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो भन्दै विज्ञप्तिमा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने लगायत न्यून आय भएका नागरिकलाई राहत वितरण, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवम् खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पीडित नेपालीको उद्दार तथा संरक्षण गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको स्मरण गराइएको छ ।

मुख्य विषयलाई थाती राखेर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरु जारी गरेको उल्लेख गर्दै विज्ञप्तिमा सो कदमलाई लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकीकरणको मान्यतामाथिको नाङ्गो आक्रमण भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?