+
+
Shares

धनुषामा राहतको नाममा कुहिएको चामल र आलु ! 

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते २१:४८

१० वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा बुधबार लकडाउन प्रभावितलाई वितरण गरिएको राहतमा चामल र आलु कुहिएको पाइएको छ ।

वडा नम्बर-५ स्थित लक्कड टोलमा वितरण गरिएको राहतमा चामल र आलु कुहिएको पाइएको स्थानीयहरूले बताएका छन् । राहत लिएका झण्डै चार दर्जन व्यक्तिलाई सडेको चामल र कुहिएको आलु परेको पीडितहरूले बताएका छन् ।

‘राहतको पोका लिए लगत्तै गन्हाउन थाल्यो,’ स्थानीय श्याम पासवानले भने, “खोलेर हेर्दा आलु पनि सडेको पायौँ ।” उनका अनुसार चामलमा किरा समेत लागेको देखियो । दुर्गन्धित चामल र सडेको आलु फेला परेपछि राहतलाई वडा कार्यालयमै छाडेर हिँडेको उनले बताए।

राहत लिन गएका श्यामसहित वीरेन्द्र पासवान, श्याम सढोकसहित एक दर्जन व्यक्तिले राहत त्यहीँ छाडेर गएका छन् । बाँकीले गाई, भैँसीलाई नै खुवाउने भन्दै राहत लिएर गएको उनीहरूले बताएका छन् ।

बुधबार कमला नगरपालिका वडा नम्बर-५ ले लक्कड टोलका तीन सय परिवारलाई राहत वितरण गरेको छ । राहत वितरण गरिएकामध्ये झण्डै चार दर्जन व्यक्तिले सडेको खाद्यान्न पाएका छन् ।

वडा अध्यक्ष शिवा पासवानले यो राहत वडा कार्यालयले खरिद नगरेको बताए । उनले नगरपालिका कार्यालयबाट आएको राहत आफूले वितरण गरेको बताए । ‘केही चामलमा मंगलबार भएको वर्षाको पानी पसेको थियो, अरु सबै ठिकै छ,’ वडा अध्यक्ष पासवानले भने, ‘नगरपालिकाले जे पठाइदियो त्यही वितरण गरेका हौँ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?