+
+
Shares

२ लाख ८१ हजार धरौटी बुझाएर छुटे कलैयाका नगर प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते २२:५०

१० वैशाख, वीरगञ्ज । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनी बुधबार साँझ तारेखमा रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले बुधबार बेलुका नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग २ लाख ८१ हजार धरौटी मागेको हो । दाल प्रकरणमा नगर प्रमुख समेत मुछिएका कारण जिल्ला प्रशासनमा अबेर रातिसम्म इजलास खोलिएको थियो ।

नगर प्रमुख सहित ११ जना विरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको थियो । अन्य प्रतिवादीहरुसँग भने प्रशासनले ६० हजार रुपैयाँ धरौटी माग गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

राहतमा कुहिएको दाल वितरण गरेपछि दाल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको थियो । नगर प्रमुख यादवका काकाको छोरा रोशन भनिने रविन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव, कृष्णप्रसाद यादव, कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्व नारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजन प्रसाद कुर्मी, वडा नं २६ का महेश साहसँग ६० हजार धरौटी माग गरिएको हो ।

वडा नं २० का सचिव खेदु मियाँको संलग्नता नदेखिएपछि उनी विरुद्ध भने माग दावी पेश नै नगरिएको डिएसपी मिश्रले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आइस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं २० बसतपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आइस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्समा छापामारी गरेर २५ किलोको ३ सय ८० बोरा दाल शिलबन्दी गरेको थियो । सोही दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालयमा परीक्षण गराउँदा दाल गुणस्तरहिन प्रमाणित भएको थियो ।

प्रहरीले दोस्रो पटक छापमारी गरेर थप २२ हजार ५ सय किलो रहरको दाल बरामद गरेकोे छ । स्टोर्समा ५० किलोको ४ सय ५० बोरा दाल बरामद भएपछि नमुना संकलन गरी परीक्षणका पठाउनुको साथै कोल्ड स्टोर्समा सिलबन्दी गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?