+
+
Shares

सन्तोषजनक काम नगरेको भन्दै प्रतिष्ठानका डाक्टर र नर्सलाई विदा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते ७:३७

११ वैशाख, घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत एक जना डाक्टर र एक जना नर्सलाई म्याद नथपी बिदा दिएको छ । साथै दुई जना डाक्टरलाई नियुक्त पनि गरेको छ ।

प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीका अनुसार डा. अमृता श्रेष्ठ र स्टाफ नर्स प्रकृति डिसीलाई म्याद नथपी विदा गरिएको हो । ‘उनीहरुको काम सन्तोषजनक नभएकाले करार सेवाको म्याद नथपिएको हो,’ भण्डारीले भनिन्, ‘सेवामा असर नपरोस् भनेर दुई जना डाक्टर पनि नियुक्त गरिसक्यौं ।’

स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले भने, ‘कुनै पनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई कसरी राख्न सक्छ र ? सोहीबमोजिम उहाँहरुलाई अवकास दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?