+
+
Shares

अमेरिकाले तेस्रो विश्व जसरी महामारी सम्हाल्दै छ– अर्थशास्त्री जोसेफ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते ९:४०

११ वैशाख, काठमाडौं । नोबेल पुरस्कारबाट सम्मानित अर्थशास्त्री जोसेफ स्टिलीट्जले अमेरिकाले कुनै पनि तेस्रो विश्व जस्तै गरी कोरोना भाइरस महामारीको सामना गरिसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पप्रति कडा आलोचना गर्दै जोसेफले भनेका छन्, ‘लाखौं अमेरिकीहरू खानाको लागि खाद्यान्न पसल बाहिर उभिएका छन् । पैसा छैन, मानिसहरूले बेरोजगारी भत्ताको लागि आवेदन दिइरहेका छन् र स्वास्थ्य सेवाहरुमा असमानताका कारण मानिस मर्दैछन् ।’

जोसेफले भने, ‘फुड बैंक बाहिर उभिने मानिसहरुको संख्या धेरै छ । आपूर्ति पनि कम छ । यस्तो लाग्छ अमेरिका तेस्रो विश्वको देश हो । मानिसलाई सहयोग पुर्याउने सेवाहरू विफल भएका छन् ।’

जोसेफलाई लामो समयदेखि ट्रम्पको आलोचक रुपमा हेरिन्छ ।

उनले भने, ‘१४ प्रतिशत अमेरिकीहरू सरकारले उपलब्ध गराउने खानामा निर्भर छन् र सरकारी समर्थनले बेरोजगारी क्षतिपूर्ति दिन असमर्थ साबित भइरहेको छ ।’

आउने महिनाहरूमा अमेरिकामा बेरोजगारी दर ३० प्रतिशत हुने अनुमान छ । सुरक्षा दिने चिजहरु अपर्याप्त छन् । कोरोना महामारीसँगै अमेरिकामा असमानता धेरै गहिरिँदै गएको छ । कोरोना भाइरसले गरिब मानिसलाई सबैभन्दा बढी निशाना बनाएको छ । अमेरिका विश्वका ती देशहरूमा समावेश छ, जहाँ स्वास्थ्य सेवा असमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?