+
+

कैलालीमा ११ वर्षीया बालिका मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते ११:४७

११ वैशाख कैलाली । कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

वडाध्यक्ष कमल चौधरीले भने आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताए । `बुवा लामो समयदेखि भारतमा थिए । आमा र छोरी मात्रै घरमा थिए´ उनले भने, ´हिजो साँझ मोबाइल मागेको र नदिएपछि झुन्डिएर आत्महत्या गरेको देखियो ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?