+
+
Shares

पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न तरुण दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १२:३४

११ वैशाख, काठमाडौं । नेपाल तरुण दलले पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न माग गरेको छ । सामाजिक सन्जालमा जथाभावी लेखेको आरोपमा बुधबार उपाध्याय पक्राउ परेको थियो ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ ।

विपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटलभित्र बन्धक बनाएको भन्ने सुन्नमा पनि आएको भन्दै तरुण दलले त्यसलाई लोकतन्त्र विरोधी गतिविधि भनेको छ ।

तरुण दलले सरकारका यस्ता गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि ‘जस्तोसुकै’ आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?