+
+
Shares

केकी लेख्छिन्–‘आमाको कुनै सपना हुँदैन भन्ने पङ्क्तिले खुबै घोच्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १२:५२

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाल पूरै लक डाउनमा रहेकाले पनि धेरै छोराछोरीले आमाको मुख सहज रुपमा हेर्न पाएनन् । कतिपयले आमासँग फोनमै कुरा गरे भने सम्भव भएकाले आमालाई भेटेरै मुख हेरे ।

नेपाली चलचित्रका कलाकारहरूले सामाजिक सञ्जालबाट आफनो आमालाई माया व्यक्त गरेका छन् । नायिका केकी अधिकारीले आमालाई पत्र लेख्दै भनेकी छिन्–‘म आमा हुँ अनि आमाको कुनै सपना हुँदैन भन्ने पङ्क्तिले मलाई निकै नै घोच्छ । आमाको सपना अनि संसार हामी नै भयौं ताकि हामीले हाम्रो सपना अनि सुन्दर संसार बनाउन सकुँ ।’

केकीले आमाको आँखामा आँशु कहिले देख्न नपरोस् भन्दै सधै‌ं खुसी राख्ने वाचा पनि गरेकी छिन् । उनले आफ्नो, भाइको र बुबाको जीन्दगी सहज बनाइदिएको भन्दै आमालाई धन्यवाद पनि दिएकी छिन्।

आमाले बिहेपछि कुनै परिवारका लागि जीवन नै समर्पण गर्ने गरेको भन्दै केकीले यसलाई आफूहरूले निकै सहज रुपमा लिएपनि त्यो सहज नहुने बताएकी छिन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?