+
+
Shares

खाद्य तथा दाना आयात निर्यात अनुमति अब इमेलबाटै

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १३:१४

११ वैशाख, काठमाडौं । खाद्य तथा दाना आयात निर्यात अनुमति अब इमेलबाटै पाईने भएको छ । लकडाउनका कारण अनुमति पत्रका लिन कठिनाई हुने व्यवसायीलाई सहजीकरण गर्न यस्तो व्यवस्था गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
ईमेल र फोनबाट व्यवसायीलाई सहजीकरण गर्न थालीएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिईन । विभागले मोबाईल नम्बर ९८५१०९७४५८ तथा  इमेल fieqcu.dftc@gmail.com dashrath_burma@ yahoo.com  मा सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

वस्तुको गुणस्तर तथा स्वास्थ्य मापदण्डका आधारमा विभागले अनुमति पत्र जारी गर्दछ । लकडाउनका कारण अनुमति पत्र पाउन कठिनाई उत्पन्न भएको गुनासो व्यवसायीहरुले गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?