Comments Add Comment

भूमि भन्छिन्–‘मलाई नायकसँग डेट गर्न मन छैन’

बलिउडमा आफ्नो अभिनयका दमका कारण चर्चामा रहेकी नायिका हुन्, भूमी पेन्डेकर ।

भूमीले प्राय चलचित्र रोज्दा फरक बिषय खोज्छिन् । यसैले पनि उनलाई दर्शकले नोटिस गरेका छन् । अहिले बलिउडमा उनी निर्माताहरुको रोजाइको नायिकामा पर्छिन् ।

भूमी फरक चलचित्रमा मात्र काम गर्दिनन्, उनी कुनै पनि कुरामा स्पष्ट विचार राख्ने नायिकाको रुपमा पनि परिचित छिन् ।

उनै, भूमीले भारतीय मिडियासँग कुरा गर्दै आफूलाई नायकसँग डेट गर्न मन नलागेको खुलाएकी छिन् । भूमी भन्छिन्–‘कुनै पनि नायकसँग डेट गर्ने इच्छा मलाई छैन । किनकी, म आफूसँगै एउटै क्षेत्रमा काम गर्ने व्यक्तिसँग जीवनभर एकसाथ रहन सक्दिनँ । किनकी, म जिन्दगीभर चलचित्रको मात्र कुरा गर्न चाहन्न ।’

चलचित्र क्षेत्र भन्दा बाहिरको मानिससँग सम्बन्धमा रहँदा जीवन सुखी हुने संभावना उच्च हुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment