
११ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
उनीहरु आमा-छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
तथ्यांकमा काेराेना - नेपाल
पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमा-छोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
उनीहरुको परिवारकी ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।
प्रतिक्रिया 4