+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

फियनले भन्यो– बैङ्कका कर्मचारीको बिदा कटौती गर्न मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १७:१२

११ वैशाख, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले लकडाउनका बेला बिदा बसेका बैङ्कका कर्मचारीहरूको बिदा कटौती नगर्न चेतावनी दिएको छ । लकडाउनका बेला रहरले नभई बाध्यताले बिदा बसेका कर्मचारीहरूको बैङ्कले सञ्चित बिदा कटौती गरेको भन्दै बिरोध जनाएका हुन् ।

‘नेपाल बैङ्क लिमिटेड लगायतका केही बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीप्रति गरेको व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ फियनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका बेला बसेको बिदालाई सार्वजनिक बिदाको मान्यता दिनुपर्छ ।’

कार्यालयमा जाँदा बैङ्क व्यवस्थापनले कर्मचारीहरूको लागि चाहिने सवारी साधन, सवारी पास,पीपीई, मास्क लगायतका सुरक्षाको साधन उपलब्ध नगराउने गरेको भन्दै फियनले आपत्ति जनाएको हो।

कार्यालयसम्म जाने व्यवस्था तथा आवश्यक सुरक्षा सतर्कता समेत नपनाई जबरजस्ती कार्यालयमा बैङ्कहरूले हाजिर गर्न बाध्य बनाउने गरेकोमा आपत्ति जनाउँदै संघले यो कार्य तत्काल रोक्न पनि सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

फियनका अध्यक्ष पदमराज रेग्मीले यस्ता समस्याहरू बैङ्क व्यवस्थापन र संस्थाभित्रको ट्रेड युनियनबीच आपसी छलफल गरी टुङ्ग्याउनु पर्ने रेग्मीले बताए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) नेपालमा रहेका ४५ वटा बैङ्क, इन्सुरेन्स लगायत वित्तीय संस्थाहरूमा रहेका आधिकारिक ट्रेड युनियनको महासंघ हो । फियन राष्ट्रिय रुपमा नेपाल ट्रेड युनियन कांग्रेस र अन्तर्राष्ट्रिय रुपमा यु.एनआई. ग्लोबल युनियनसँग आवद्ध रहेको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?