+
+
Shares

१४ वर्षे किशोरमा कोरोना : अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १७:२८

११ वैशाख, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका १४ वर्षका किशोर अस्पताल पुगेर पनि फर्किएको पाइएको छ ।

सर्लाही धनकौल गाउँपलिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा उनीहरूको र्‍यापिड डायग्नोस्टिक टेस्ट विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

५ वैशाखमा अस्पताल पुगेका उनको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरियो । ‘ल्याबले रिपोर्ट नेगेटिभ आएको भनेपछि हामीले ७ गते डिस्चार्ज गरेका थियौँ’ अस्पतालका मेसु डा. नागेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘तर, दिल्लीबाट आएकाले पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।’

टेकुमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । तर, किशोर भने घर पुगिसकेका थिए ।

अस्पतालबाट डिस्चार्ज गरिएका किशोरलाई दुई दिनसम्म क्वारेन्टाइनमा राखेर बुधबार मात्र घर पठाइएको थियो । ‘पुनः परीक्षणका लागि स्वाब पठाएको थाहा भएको भए क्वारेन्टाइनमै राख्ने थियौँ’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने, ‘तर, जानकारी नपाउँदा हामी पनि अन्यौलमा पर्‍यौँ ।’

अब उनी घर गएपछि को-कोसँग घुलमिल भए भन्ने ट्रेसिङ्ग गर्न थालिएको सीडीओ जिसीले बताए ।प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाका अनुसार संक्रमित किशोरलाई फेरि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

वडा सिल गर्ने तयारी

कोरोना संक्रमण देखिएपछि किशोरको घर भएको वडालाई सिल गर्ने तयारी गरिएको छ ।

बिहीबार रातिदेखि नै धनकौल गाउँपालिका वडा नम्बर ५ सिल गर्न लागिएको सर्लाही प्रशासनले जनाएको छ । बस्तीलाई सेनिटाइज गर्न लागिपरेको र यस क्षेत्रमा विशेष सतर्कता अपनाइएको प्रजिअ जिसीले जानकारी दिए ।

चैत २३ गते एक्लै आएका थिए किशोर

कोरोना पोजेटिभ देखिएका किशोर चैत २३ गते भारतको दिल्लीबाट घर आएका थिए । रौतहटको सीमा हुँदै घर आएको सूचना पाएपछि तत्काल प्रहरीले उनलाई क्वारेन्टाइनमा लगेर राखेका थिए । उनको वैशाख ५ गते र्‍यापिड टेस्ट गर्दा पोजेटिभ आएपछि प्रहरीले प्रादेशिक अस्पताल ल्याएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?