Comments Add Comment

फोटो पत्रकारहरुलाई मास्क र स्यानिटाईजर सहयोग

११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच कामम खटिएका फोटो पत्रकारहरुलाई माक्स तथा स्यानिटाइजर सहयोग गरिएको छ । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरुको सुरक्षाकाका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले माक्स तथा स्यानिटाइजर सहयोग गरेका हुन् ।

आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधी उत्पादक संघका तर्फबाट महासचिब बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि का कार्यकारी निर्देशक हरीभक्त्त शर्मा, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापकोटाले फोटो पत्रकार क्लबलाई स्यानेटाईजर र मास्क उपलब्ध गराएका हुन् ।

मलहोत्राले २ हजार थान सर्जिकल मास्क, औषधी उत्पादक संघले २५० एमएलको स्यानेटाईजर ७० थान, देउराली जनता फर्मास्यूटिकल्सले ५० एमएलको स्यानेटाईजर ८५ थान स्यानेटाईजर र १०० थान मास्क, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापोकाटाले करिब ५०० थान सर्जिकल मास्क उपलब्ध गराएका हुन् ।

प्राप्त सामाग्रीहरु अग्रपंक्तिमा खटिएका ७० जना फोटोपत्रकारहरुलाई बिहीबार नै वितरण गरिएको फोटो पत्रकारहरुको संस्था पीजे क्लबले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment