+

युरोकप २०२० को नाम परिवर्तन नहुने

२०७७ वैशाख  ११ गते २०:१४ २०७७ वैशाख ११ गते २०:१४
युरोकप २०२० को नाम परिवर्तन नहुने

११ वैशाख काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण एक वर्ष पछि सरेको युरोकप २०२० को नाम परिवर्तन नहुने भएको छ ।

यसै वर्ष जुन जुलाईमा तय भएको युरो २०२१ को लागि सारिसकेको छ । एक वर्षपछि सरेपछि यसको नाम पुरानै रहने वा परिवर्तन हुने भन्ने चर्चाको विषय बनेको थियो ।

तर बिहीबार युरोपियन पुटबलको सर्वोच्च निकाय युइएफको कार्यसमितिको ऐडियो कन्फ्रेरन्स मिटिङ पछि युरो २०२० को नाम पुरानै कायम राख्ने र परिवर्तन नगर्ने जनाएको हो ।

यस निर्णपछि प्रतियोगिताको ओरिजिनल नाम नै काय रहनेछ । यस्तै युइएफए युरोकप शुरु भएको ६०औं वार्षिकोत्सव समेत मनाउने तयारीमा छ । युरोपक सन् १९६० मा शुरु भएको हो ।

युरो २०२० स्थगित हुनुअघि नै यसको लागि ब्राण्डिङलगायत धेरै क्षेत्रमा खर्च भइसकेकोले नाम परिवर्तन गर्नु यसको लागि ठीक नहुने यूईएफले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय