Comments Add Comment

अमेरिकी संसदबाट ४ खर्ब ८४ अर्ब डलरको अर्को राहत प्याकेज पारित

१२ वैशाख, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब अमेरिकी डलरको नयाँ राहत प्याकेज पारित गरेको छ ।

कोभिड १९ को महामारीबाट पीडित साना ब्यापारी र अस्पताललाई राहत दिन तथा कोरोना परीक्षण तीब्र पार्न उक्त राहत खर्च हुनेछ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ८ लाख ४७ हजार जना संक्रमित भइसकेका छन् भने ४९ हजार ८ सय जनाको मृत्यु भएको छ ।

यसअघि गत महिना अमेरिकाले अहिलेसम्मको ठूलोे २० खर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो । अहिले साना ब्यापारीलाई राहत दिन त्यसैको पूरक प्याकेज ल्याइएको हो । अमेरिकामा २ करोड ६४ लाख जनाले बेरोजगारी फारम भरेका छन् ।

संसदले पारित गरेको नयाँ प्याकेजअनुसार ३ खर्ब १० अर्बको कोष साना ब्यापारीका लागि हो, जसका कारण ती ब्यापारीले आफ्ना कर्मचारीलाई तलब दिन सकुन् ।

नयाँ राहत प्याकेजअनुसार अस्पतालले ७५ अर्ब अमेरिकी डलर पाउनेछन् भने कोरोना भाइरस टेस्टका लागि २५ अर्ब डलर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment