+
+
Shares

अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन

चन्द्र आले चन्द्र आले
२०७७ वैशाख १२ गते ९:५६

१२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकासहित देशैभर पाँच/पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गरन् सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।

कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने महामन्त्री भट्टराईले जानकारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?