Comments Add Comment

राजेशको गुनासो- ‘संकटमा पनि शक्तिशाली देशहरू जुटेनन्’

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्व महामारीको रुप लियो । विश्वका धेरै देशमा यसको संक्रमण देखियो । शक्तिशाली देशहरूमा पनि यसले धेरैको ज्यान लियो ।

अभिनेता राजेश हमाल यो माहामारीको समयमा विश्व स्वस्थ्य संगठनले पनि उत्कृष्ट काम गर्न नसकेको दाबी गर्छन् । ठूला देशहरूले पनि सहयोग नगर्नु दु:खदायी कुरा भएको उनको भनाइ छ ।

राजेशले भने, ‘यो समय विश्व स्वस्थ्य संगठनले चुस्त रुपमा काम गर्नुपर्ने हो, त्यो देखिएको छैन । विभिन्न ठूला राष्ट्रहरूबाट सहयोग लिएर काम गर्नुपर्ने अवस्थामा सहयोग पनि पाइरहेको छैन । त्यो दु:खदायी कुरा हो ।’

अहिलेको अवस्थामा ठूला देशहरू जुध्न नहुने र एकसाथ लड्नुपर्ने समय भएको राजेशको भनाइ छ । उनले भनेका छन्, ‘संकटको समयमा अमेरिका र चीन जस्ता शक्तिशाली देशहरू एकसाथ उभिन नसक्नु, अन्य देशहरूसँग अन्तर्क्रिया नै नगर्नु चाहिँ पीडादायी कुरा हो । यो समय शक्तिशाली देशहरू जुटेर काम गर्नुपर्ने हो, त्यो पनि देखिएको छैन ।’

विश्व नै संकटमा परेको समय शक्तिशाली देशहरूले राजनीतिक दुस्मनी तथा पहिला भएका गतिविधिलाई बिर्सिएर एकसाथ जुट्नु पर्ने राजेशको भनाइ छ । उनी भन्छन्, ‘यदि शक्तिशाली देशहरू जुट्ने हो भने यो महामारी छिट्टै अन्य हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment