Comments Add Comment

प्रदेश सांसद पाण्डेयद्वारा कालीदह नाकाको निरीक्षण

१२ वैशाख, बुटवल । प्रदेश सभा ५ का सांसद सन्तोषकुमार पाण्डेय सीमावर्ती क्षेत्रको निरीक्षणका लागि शुक्रबार रुपन्देहीको कालीदह नाका पुगेका छन् ।

सीमाको निरीक्षण पश्चात बोल्दै सांसद पाण्डेयले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिँदै सीमामा खटिने सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । ‘लकडाउन सफल पार्न सुरक्षाकर्मीहरूको महत्वपूर्ण भूमिका छ, त्यसैले उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भने ।

बीओपी कालीदहका सशस्त्र प्रहरी निरीक्षक धर्मबहादुर थापाले सीमा नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएकोबारे सांसद पाण्डेयलाई जानकारी गराएका थिए ।

सांसद पाण्डेयलाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ का वडाध्यक्ष मञ्जुर अली तथा प्रहरी चौकी कालीका प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीले सीमा क्षेत्रको निगरानीबारे जानकारी गराएका थिए ।

गतहप्ता करिब १६ किलोमिटर पैदल हिँडेर भारतसँग जोडिएको रोहिणी गाउँपालिकाका सीमा नाकामा उनले निरीक्षण गरेका थिए । उनले भारतको नौतनहवामा रहेको क्वारेन्टाइनमा पुगेर तीन सय जना नेपालीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment