+
+
Shares

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको महासचिव पद रिक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १४:३७

१२ वैशाख, काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट राजिनामा दिएका छन् । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट २ वर्ष अघि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ज्ञवालीले आगामी १५ गतेबाट लागू हुने गरी राजिनामा दिएका हुन् ।

सञ्चालक समितिसँग लगातार ८ घण्टा भएको छलफलपछि सीईओ ज्ञवालीले राजिनामा दिएका हुन् । सञ्चालक समितिसँग केहि कुरा नमिलेर राजिनामा दिएको स्वीकार गरेपनि उनले यसलाई बिवादको रुपमा भने नबुझिदिन आग्रह गरे ।

‘केहि कुराहरु नमिल्न सक्छन्, छलफलबाटै मैले बैंक छाड्ने निर्णय गरेको हुँ’ उनले भने, ‘तर यो बिवाद होइन, कुराकानी राम्रै भएर मैले बैंक छाड्ने निर्णय गरेको हुँ ।’

ज्ञवालीले ज्योति विकास बैंकको नेतृत्व गरेको १५ गते २ वर्ष पुरा हुँदैछ । २ वर्ष पुगेकै दिनदेखि लागूहुनेगरी राजिनामा दिएको उनले बताए ।

आफ्ना कुराहरु जहाँसुकै स्पष्ट राख्ने स्वभाव भएका उनी नेपाल राष्ट्र बैंकका पूर्ब कर्मचारी समेत हुन् । उनी निजी क्षेत्रको बैंकमा काम गर्न केन्द्रीय बैंकको जागिर छाडेर गएका थिए ।

उनले बैंकको सीईओ पद त्यागेसँगै डेभलपमेन्ट बैंकर्स एशोसिएसनको महासचिव पद समेत गुम्ने भएकाे छ । बैंकको सीईओ पदबाट मुक्त भएसँगै एशोसिएसनमा रहेको पदसमेत स्वतः रिक्त हुने व्यवस्था रहेका कारण महासचिव पद रिक्त हुने भएको हो ।

एशोसिएसनले १६ गतेदेखि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि हाल सचिव रहेका तिनाउँ विकास बैंकको सीईओ प्रदीपकुमार श्रेष्ठलाई महासचिवको जिम्बेवारी दिने तयारी गरेको छ । उनी हाल एशाेसिएसनकाे सचिव हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?