Comments Add Comment

डन भनेको डनै हो !

कोरना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको समयमा तीन महिना अगाडिमात्रै भारतीय चलचित्र उद्योगका स्टार महेशबाबुको अभिनय रहेको चलचित्र ‘हम से ना टकराना’ युट्युबमा रिलिज भयो । सायद त्यही फिल्म हेरेका थिए होलान् हाम्रा सांसद महेश बस्नेत र पूर्वआइजीपी सर्वेन्द्र खनालहरुले ।

उनीहरुले पनि महेशबावुकै शैलीमा विवाहको मण्डपबाटै नायिकालाई उठाएझैं समाजवादी पार्टीका सांसद उपेन्द्र यादवका पि्रय पात्र डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट उठाएर काठमाडौं ल्याए ।

तर, बस्नेतले २४ सै घण्टा पहरा दिनुपर्ने थियो, उनले त्यो गर्न सकेनन् र यादव होटलबाट भागे । काण्ड छताछुल्ल भयो ।

फिल्म त्यतिमै सकिँदैन । महेशबाबुको योजना राजनीतिक एजेण्डा नै हो । राजनीतिक एजेण्डाकै लागि महेशबाबुले निमुखा जनतालाई गाँस र वासको कुरा गर्छन् । यो कामका लागि महेशवावुले फिल्ममा जनताको समर्थन बटुल्छन् ।

तर, विडम्वना । महेशबाबु जनभावना अनुसार चले पनि हाम्रा महेशबाबुहरु चाहिँ हावा भरेको बेलुनझै झोक्का चले र विवादित बने । उनलाई राजनीतिक हावा सुरुबाटै भरे अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले । महेश वस्नेतका राजतीनिक गुरु पनि हुन् केपी ओली ।

यो पनि पढ्नुहोस सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने प्रधानमन्त्रीज्यू ?

नेपालका दुई कम्युनिष्टवीचको टकरावलाई निरन्तरता दिनका लागि महेश वस्नेतलाई युथ फोर्सको संस्थापक अध्यक्षकेपी ओलीले नै बनाएका हुन् ।

सांसद बस्नेत आफूमा लागेको डनको छविलाई सुधार्न चाहन्थे । एक ईमान्दार कार्यकर्ताले पार्टी अध्यक्षको निर्देशन मान्नु राजनीतिक धर्म पनि हो, उनले त्यो पूरा गरे ।

नेकपा नेतृ दिलु पन्तले एउटा अनलाइनलाई अन्तरवार्ता दिँदै भनेकी छिन् ‘राजनीति गर्नु र गुण्डा हुनु फरक-फरक विषय हुन् । व्यक्तिको सेवाले राजनीति चल्दैन ।’

महेशको राजनीतिक यात्रा सकिएको छैन । जसरी मैले हेरिरहेको महेशवावुको फिल्म पनि सकिएको छैन । एक घण्टा ५४ मिनेटको फिल्मको आधाआधीमात्रै हेरेको छु । अब फिल्मको समापन महेशवावुको जयजयकारमा सकिन्छ कि महेश बस्नेतको जस्तै हुन्छ ? दुवै थाहा पाउन केही समय कुर्नु नै पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस सर्वेन्द्र भन्छन्– सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो

महेश बस्नेतको राजनीतिक टर्नमा जोडिन पुगे खुँखार सोकल्ड डनहरुलाई टोलेगुण्डाको संज्ञा दिन खप्पिस पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल । नेपालको बेमौसमी राजनीनिक अपहरणमा केन्द्रित काण्डका अर्का नायक हुन् उनी । उनले प्रहरी प्रमुखमा इन्ट्री मारेका बेला बोलेका थिए अब टोलेहरुको बाजा बजाउँछु । सायद अपहरण काण्डमा गरिएको उनको राजनीतिक इन्ट्रीले उनको कस्तो बाजा बज्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्षकै भाषामा कर्कस धुन वा सुमधुर धुन बज्छ ? त्यो पनि केही समयमा देखिएला ।

महेश बस्नेत, केपी शर्मा र सर्बेन्द्र खनालज्यू म एक चलचित्रप्रेमी पनि हुँ । मलाई साउथ स्टाइलको राजनीतिक फिल्ममा पनि सफल हुने ठूलो धोको छ, जसरी महेश बस्नेतलाई राजनीतिक ‘डन’ बन्ने धोको देखिन्छ ।

चोर, पुलिस र राजनीतिक डनका काण्डमा बनाइने फिल्मको उत्कृष्ट पात्र तपाईंहरु भन्दा अरु हुनै सक्दैन । अनि तपाईंहरुको व्यवहारले गर्दा पनि म मात्रै होइन सम्पूर्ण जनतालाई राम्ररी थाहा छ, डन भनेको डन नै हो । चाहे त्यो राजनीतिमा होस् चाहे, फिल्ममा होस् ।

यो पनि पढ्नुहोस महेश बस्नेत भन्छन्– अपहरणको आरोप लगाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment