+
+
Shares

युरोपमा रहेका नेपालीलाई निःशुल्क मास्क वितरण गर्दै लोक दाहाल

वसन्त रानाभाट वसन्त रानाभाट
२०७७ वैशाख १३ गते ७:२०

बार्सिलोना । बेल्जियम निबासी व्यवसायी लोकप्रसाद दाहालले नेपाली समुदायलाई सर्जिकल मास्क निःशुल्क वितरण गर्ने भएका छन् । चीनबाट आफ्नै व्यक्तिगत खर्चमा ७ हजार मास्क खरिद गरेका दाहालले युरोपका नेपालीहरुलाई मास्क वितरण गर्न लागेका हुन्। दाहाल गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष समेत हुन्।

उनले व्यक्तिगत खर्चमा ३ हजार १ सय युरो खर्च गरेर सिधैं चीनबाट बेल्जियममा मास्क झिकाएका थिए। एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका दाहालले अप्रिल १४ तारिखमा मास्कहरु ब्रसेल्स आइपुगेको भएपनि चेकजाँच र सोधपुछपछि भर्खर प्राप्त भएको बताए । उनले भने, ‘यस प्रक्रियामा बेल्जियमको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठूलो सहयोग मिल्यो। मुख्यत: नेपाली समुदायका लागि बितरण गर्ने भनी ईमेल पठाएपछि मात्र हामीलाई प्राप्त भएको छ।’

संकटको घडीमा आफ्नै खर्चमा स्वास्थ्य सामग्री खरिद गरेपनि प्राप्त गर्न जटिल रहेको दाहाल बताउँछन्। उनले बेल्जियमका लागि ५ हजार तथा स्पेन र पोर्चुगलका लागि एक-एक हजार मास्क पठाइदिने प्रतिबद्धता ब्यक्त गरेका छन्।

अति आवश्यकता भएकाहरुलाई छनोट गरेर मात्र वितरण गरिदिन पनि उनले समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । दाहालले एनआरएन केन्द्रको कोभिड-१९ राहात समितिमा एक लाख रुपैयाँ सहयोग समेत गरेका छन्।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?