+
+
Shares

मुख्यमन्त्री राउतको आग्रह–घरमै नमाज पढ्नुस्, भिडभाड नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते ९:४८

१३ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।

रमजान पर्वको अवसरमा शनिबार बिहान शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् ।

विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्माबलम्बीलाई घरमै नमाज पढ्न तथा भीडभाड नगर्न मुख्यमन्त्री राउतले आग्रह गरेका हुन् ।

यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्‍याउने कामना समेत उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?