Comments Add Comment

टिकटकमा जोडियो एप्पल, कारण के होला ?

शर्ट भिडियो मेकिङ तथा शेयरिङ एप टिकटक विश्वभर नै जबरजस्त रुपमा लोकप्रिय बनिरहेको छ । आम मानिसहरुमा टिकटक यतिधेरै लोकप्रिय बनेको छ कि उसको लोकपि्रयताको फाइदा उठाउनका लागि अन्य ठूला प्रविधि कम्पनीहरु टिकटकमा जोडिन बाध्य भएका छन् ।

हो, यहीँ मार्ग पछ्याउँदै आइफोन निर्माता कम्पनी एप्पल हालै टिकटकमा जोडिएको छ । अन्ततः एप्पलले टिकटकमा आफ्नो आधिकारिक अकाउन्ट खोलेको छ ।

एप्पलको टिकटक अकाउन्टमा अहिलेसम्म २ हजार फलोअर्स पुगिसकेका छन् । एप्पलले टिकटक अकाउन्ट खोले पनि अहिलेसम्म अकाउन्टमा कम्पनीको विवरणका साथै भिडियोहरु पोस्ट गरेको छैन । त्यसैले करोडौँ प्रयोगकर्ता भएको टिकटकमा एप्पलले कस्ता भिडियोहरु हाल्दछ भन्ने चासो बढिरहेको छ ।

टिकटकले एप्पलको अकाउन्टलाई भेरिफिकेसन ब्याच प्रदान गरिसकेको छ । त्यसबाट पनि उक्त अकाउन्ट एप्पलको आधिकारिक अकाउन्ट भएको पुष्टि हुन्छ ।

टिकटकमा किन जोडियो एप्पल ?

टिकटकमा एप्पल जोडिनुका केही खास कारण छन् । यद्यपि टिकटकमा एप्पलले कस्ता कस्ता सामाग्री राख्नेछ ? त्यो त रहस्यकै गर्भमा छ । तथापि एप्पलको तर्फबाट Shot on iPhone  शीर्षकको भिडियो सबैभन्दा सुरुमा शेयर गरिने अपेक्षा गरिएको छ ।

स्मरण रहोस् इन्स्टाग्राममा पनि एप्पलले यस्ता सामग्रीहरु शेयर गर्ने गर्दछ । एप्पलको इन्स्टाग्राम अकाउन्टमा २ अर्ब ३० करोड फलोअर्स छन् ।

टिककटचाहिँ इन्स्टाग्रामको तुलनामा धेरै मनोरञ्जक तथा अन्तरक्रियात्मक प्लाटर्फम हो । त्यसैले प्रयोगकर्तालाई आफ्ना प्रोडक्टहरुको बारेमा रमाइलो तरिकाले भरपूर जानकारी दिनका लागि र बढि भन्दा बढि प्रयोगकर्तामाझ जानकारी पूराउनका लागि एप्पलले आइफोनका बारेमा तयार गरिएका भिडियोहरु टिकटकमा हाल्नेछ ।

एप्पलले टिकटक ज्वाइन गर्नुको दोश्रो कारणचाहिँ केवल टिकटकमा आफ्नो उपस्थिति जनाउन मात्रै पनि हुनसक्छ । एप्पलले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट पछिल्लो ९ वर्षमा कुनै पनि ट्वीट नगरेबाट यस्तो लख काटिएको हो । हुनत एप्पलको ट्वीटर अकाउन्टबाट कुनैपनि ट्वीट नगरिएतापनि करीब ४२ लाखभन्दा धेरै फलोअर्स रहेका छन् ।

ट्वीटरमा एप्पलको बिजनेस अकाउन्ट छ र टिकटकमा पनि यस्तै गरेर एप्पलले आफ्ना विज्ञापन देखाउन सक्दछ । तर जे होस् एप्पलले पनि खाता खोलेपछि टिकटकको प्रतिष्ठा बढेको छ । चिनियाँ एप टिकटक एक ठूलो सोसल मिडिया प्लेटर्फम हो भन्ने कुराको पुष्टि भएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment