
नायक अनमोल केसी लकडाउनका कारण घरमा नै थुनिएका छन् । उनी चलचित्र हेरेर दिन बिताइरहेका छन् । उसो त, लक डाउन नहुँदा पनि अनमोल घरमै रमाउने नायक हुन् ।
अनमोल शाहाकारी हुन् । कृष्ण भगवानको भक्त भएका कारण पनि उनी माछा-मासुबाट टाढा छन् ।
अनमोल जनावरलाई निकै प्रेम गर्छन् । उनै अनमोल जनावरलाई प्रेम गर्न सबैलाई अपिल गरिरहेका छन् ।
सामाजिक संजालमा हात्तिसँगको तस्वीर पोष्ट गर्दै अनमोलले जनावरलाई प्रेम गर्न आग्रह गरेका हुन् । अनमोलले लेखेका छन्– ‘जबसम्म जनावरलाई माया गरिदैँन, तबसम्म उसको आत्माको हिस्सा थाहा पाउन सकिदैन ।’
अनमोलको यो भावले पनि उनको जनावर प्रतिको माया र लगाव कस्तो छ भन्ने बुझ्न सकिन्छ । अनमोलको घरमा अहिले कुकुर छ । अनमोल कुकुरलाई खुबै माया गर्छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’मा पनि उनको कुकुरको विशेष भूमिका छ ।
पछिल्लो समय लकडाउनका कारण जनावरहरु भोक्कै परेको भन्दै कतिपय कलाकारहरुले जनावरलाई खाना खुवाइरहेका छन् ।
प्रतिक्रिया 4