+
+
Shares

पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १५:१६

१४ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।

प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । भोलिपल्ट अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको थियो ।

उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?