Comments Add Comment

अर्बपति ज्याक मा : कोरोना रोकथामसँगै चीनको छवि सुधार्ने प्रयास !

काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले जतिबेला सामाजिक सञ्जाल ट्विटरमा आफ्नो अकाउन्ट खोले, त्यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको थियो ।

ट्विटरमा जोडिए यता उनले गर्दै आएका पोस्टहरू आफूले विश्वभर पठाएको स्वास्थ्य सामग्रीसँग सम्बन्धित छन् ।

‘एक विश्व, एक युद्ध’, ज्याक माले सुरुवाती ट्विटमध्ये एकमा लेखेका थिए । अर्को ट्विटमा भनेका थिए, ‘हामीहरू एकसाथ यो काम गर्न सक्छौँ ।’

कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिएको अवस्थामा मास्क तथा भेन्टिलेटरलाई जीवन बचाउने उपकरणको रुपमा व्याख्या गरिएको छ । त्यही जीवन बचाउने उपकरणहरू चिनियाँ अर्बपति उद्यमी ज्याक माले अहिलेसम्म एक सय ५० मुलुकमा पुर्‍याइसकेका छन् ।

तर, उनका आलोचक र केही समथर्कले समेत यो बताउन सकिहेका छैनन् कि ज्याक मा किन यो सब गरिरहेका छन् ?

कतिपय मानिसहरू के उनी आफ्नो परोपकारी कामबाट चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगी अनुहार प्रस्तुत गरिरहेका छन् ? के चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई षड्यन्त्रका लागि प्रयोग गरिरहेको त होइन ? भन्ने जस्ता आशंका व्यक्त गर्दै आएका छन् ।

ज्याक माले आफ्नो अनुदान कुन मुलुकलाई दिने भन्ने विषयमा पनि चिनियाँ नीतिको पालना गरेको देखिन्छ । बढ्दो प्रभावले उनलाई चिनियाँ राजनीतिको शिखरमा पुर्‍याउन सक्ने बताइएको छ ।

हुन पनि प्रविधि क्षेत्रका अरू अर्बपतिले कोरोना भाइरसविरुद्ध लड्न ज्याक मालेभन्दा धेरै रकम सहयोग गरेका छन् । ट्विटरका सीईओ ज्याक डोर्सीले एक अर्ब डलर सहयोगको घोषणा गरिसकेका छन् । अमेरिकाको परोपकारी संस्थालाई नियमन गर्ने संस्थाकाअनुसार परोपकारी काममा निजी दाताको रुपमा अलिबाबाको स्थान १२ औं स्थानमा आउँछ ।

तर, ज्याक माबाहेक अरुले यसरी आवश्यकता परेको मुलुकलाई स्वास्थ्य सामग्री पुर्‍याउन भने सकेका छैनन् । मार्चको सुरुदेखि ज्याकमा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले अफ्रिका, एसिया, युरोप, ल्याटिन अमेरिकाका साथै इरान, इजरायल, रुस जस्ता मुलुकमा स्वास्थ्य सामग्री पठाइसकेको छ । ज्याक माले चीनमा पनि यो महामारीसँग लड्न केही सहयोग गरेका थिए ।

ज्याक माले अन्य धेरै क्षेत्रमा पनि यसअघि सहयोग गरेका थिए । तर, त्यतिबेला उनको धेरै चर्चा भएको थिएन । अहिले भने उनले गरेको स्वास्थ्य सामग्री सहयोगले भने व्यापक चर्चा बटुलेको छ ।

मित्रताको हात

चिनियाँ अर्बपति ज्याक माले पछिल्लो समय विश्वभर नै आफ्नो मित्रताको हात अघि बढाएका छन् । उनले उल्लेख गरिएअनुसार १५० भन्दा बढी मुलुकमा स्वास्थ्य सामग्रीहरू प्रदान गरेको पाइएको छ । उनले आफ्नो सूचीमा नराखेका होण्डुरस हाइटीजस्ता मुलुकमा पनि स्वास्थ्य सामग्री पठाएका छन् । सबै मुलुकको सूचीको लागि अनुरोध गर्दा ज्याक मा अहिले आफूहरू त्यति धेरै विस्तृतमा विवरणहरू खुलाउने पक्षमा नरहेको बताउँछन् ।

तर, अहिलेसम्म १२ करोड चार लाख मास्क, ४१ लाख पाँच हजार परीक्षण किट्स र तीन हजार सात सय चार भेन्टिलेटर सहयोग गरिसकेका छन् । यस्तो सहयोगले विश्वभर नै एक किसिमको सद्भावको विकास भएको छ । सबैजसो मुलुकले उनले दिएको सहयोग खुसीसाथ ग्रहण गरेका छन् ।

उसो त चीनले पनि विभिन्न मुलुकलाई स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । तर, उसले सहयोग गरेको सामग्री कम गुणस्तरीय र काम नलाग्नेसम्म पाइएको भन्दै केही मुलुकमा आलोचना पनि भइरहेको छ ।

मध्यमार्गी बाटो

चीनमा कुनै एक व्यक्तिको छवि अन्तर्राष्ट्रिय स्तरमा नै सुधार गर्नु त्यति सजिलो पनि छैन । चीनको अन्तर्राष्ट्रिय सम्बन्ध निकै संवेदनशील छ । त्यसैले चीनसँगको आन्तरिक सम्बन्ध र अर्को मुलुकसँगको राजनीतिक स्वार्थको विषयमा पनि निकै चनाखो हुनु जरुरी हुन्छ ।

यसअघि  अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चित बनेका मानिसहरू चीन सरकारले निसानामा पर्दै आएका छन् । पछिल्लो केही वर्षमा चीनमा प्रमुख नायिका, समाचारवाचक र अन्य केही अर्बपतिहरू लामो समयका लागि हराएका थिए । यसको कारण उनीहरूको अन्तर्राष्ट्रिय प्रभाव रहेको बुझाइ छ ।

ज्याक माले भने मध्यमार्गी बाटो अपनाएका छन् । उनले चीनको आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् । उनले अमेरिका–चीन व्यापार युद्ध चर्किरहेको अवस्थामा अमेरिकी राष्ट्रपतिसँग भेटेर व्यापारको विषयमा कुराकानी गरेका थिए । त्यतिबेलासम्म चिनियाँ राष्ट्रपतिले पनि उनीसँग भेटवार्ता गरेका थिएनन् ।

यसै विषयलाई आधार बनाउँदै ज्याक मालाई अलिबाबाबाट हटाइएको हुनसक्ने केहीले बताउँदै आएका छन् । तर, ज्याक माले भने आफ्नो निर्णयमा कुनै पनि राजनीतिक पूर्वाग्रह नरहेको बताउँदै आएका छन् । सन् २०१८ मा उनले अलिबाबाको अध्यक्ष पद छाड्ने निर्णय गरेका थिए ।

उनले अलिबाबा सञ्चालनको क्रममा पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग बुद्धिमत्तापूर्ण तरिकाले सम्बन्ध कायम राखेका थिए । जसको कारण उनी सन् १९८० को दशकदेखि निरन्तर चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य छन् । अहिले स्वास्थ्य सामग्री विदेश पठाउने निर्णय पनि ज्याक माले सरकारको अनुमतिविना नै लिएका थिए । तर, जहाँ सामग्री पठाए, त्यहाँ सरकारको साथ पाए ।

यसबीचमा चीनले ज्याक माले पठाएको सहयोगलाई राजनीतिक फाइदाको लागि प्रयोग पनि गर्‍यो । अमेरिकाले ताइवान आफ्नो असल मित्र भएकाले उसलाई २० लाख मास्क सहयोग गरेको बतायो । त्यसको जवाफमा चीनले पनि ज्याक माले पठाएको १० लाख मास्क र पाँच लाख परीक्षण किट्सको हिसाब माग्यो ।

ज्याक माको उचाइ

ज्याक मा चीनको सबैभन्दा ठूलो प्रविधि स्थापना गर्ने कथाका मुख्य पात्र हुन् । अहिले उनले स्थापना गरेको अलिबाबा कम्पनीलाई ‘पूर्वको अमेजन’ भनिन्छ । उनले हान्झोउको एक सानो अपार्टमेन्टबाट सन् १९९९ मा यो कम्पनी सुरु गरेका थिए ।

त्यसको ठीक २१ वर्षपछि अहिले यो कम्पनीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अनलाइन, बैंकिङ र मनोरञ्जनको क्षेत्रमा ठूलो हिस्सा ओगटेको छ । ज्याक मासँग व्यक्तिगत रुपमा पनि ४० अर्ब डलरभन्दा बढीको सम्पत्ति छ । आधिकारिक रुपमा सन् २०१८ मा ज्याक मा अलिबाबाको अध्यक्ष पदबाट हटेका थिए । त्यसपछि उनले आफूले अब परोपकारी काममा ध्यान केन्द्रित गर्ने बताएका थिए । तर, अलिबाबाको सञ्चालक समितिमा स्थायी सदस्यता छ ।

ज्याक माको बायोग्राफी लेखेका डुन्केन क्लार्क ज्याक माको स्थान अलिबाबाको कारण चीनको राजनीतिमा यसअघि नै उच्च रहेको बताउँछन् । साथै, अहिले उनी चीनको बिग्रिएको छवि सुधार्ने दिशामा अग्रसर छन् । यसले उनलाई अझ फाइदा मिलेको उनको भनाइ छ । ज्याक मा र अन्य चिनियाँ उद्यमीले गरेको कामबाट चीनलाई आफ्नो छवि सुधारमा निकै ठूलो सहयोग पुगेको छ । अहिले यसअघि अमेरिकाले गर्ने जस्तो सहयोगको माध्यमबाट यो महामारीमा चिनियाँ दाताहरूले नेतृत्व लिएको देखिन्छ ।

यसकारण पनि चीन उनीहरूको बाटोमा आउन चाहेको छैन । यो महामारीमा चीनको अन्य मुलुकको सम्बन्ध पनि त्यति राम्रो छैन । यस्तोमा उसलाई सम्बन्ध सुधारको लागि कुनै माध्यम आवश्यक रहेको क्लार्क बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment