Comments Add Comment

भारतमा कोरोना भाइरसबाट एकैदिन ४८को मृत्यु

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ६८ जनामा यो भाइरसको संक्रमण देखिँदा २९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा दुई सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा ६ हजार एक सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment