Comments Add Comment

नेविसंघ नेता काफ्लेले दिए कोरोना कोषमा २ लाख

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नगद हस्तान्तरण गर्दै कुन्दन राज काफ्ले र उनकी श्रीमती मेनुका । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् ।

हालै वैवाहिक सम्बन्ध सुरु गरेका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए ।

सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment