Comments Add Comment

इटालियन सिरी ए क्लबले मेदेखि प्रशिक्षण गर्न पाउने

१५ वैशाख काठमाडौं । इटालियन फुटबल लिग सिरी ए खलेन् क्लबका खेलाडीले आगामी मेबाट प्रशिक्षण गर्न पाउने भएका छन् ।

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले कोभिड१९ का कारण जारी लकडाउन खुकुलो बनाउन निर्णय गरेपछि मे पहिलो साताबाट खेलाडी प्रशिक्षणमा फर्कन पाउने भएका हुन् ।

कोन्टेले एक टेलिभिजनलाई सम्बोधन गर्दै सिरी ए क्लबका खेलाडीले मे ४ देखि व्यक्तिगत रुपमा र मे १८ देखि सामुहिक रुपमा प्रशिक्षण गर्न पाउने बताएका हुन् ।

कोभिड-१९ को महामारीका कारण अहिले विश्वको सबैखाले खेलकुद प्रभावित बनेको छ र सिरी ए लिग पनि स्थगित छ ।

प्रधानमन्त्री कोन्टेले लकडाउन हटाउने पहिलो कदमको रुपमा खेलाडीको प्रशिक्षण खुल्ला गर्न लागेको जानकारी दिएका हुन् । त्यसपछिको अवस्था हेरे लिग सुरु गर्ने बारे निर्यण गरिने जनाइएको छ ।

‘म फुटबलाई माया गर्छु सिरी ए बिना बाँच्नु अनौठो जस्तै हो तर यो आवश्यक थियो । अब हामी ट्रेनिङ सुरु गर्नेछौँ त्यसपछि प्रतियोगिता फेरि सुरु गर्नेबारे हामी हेर्नेछौँ ।’ कोन्टेले भने ।

कोभिड १९ ले सिरी ए अनिश्चितकालका लागि स्थगित छ । अहिले सिरी ए मे २७ देखि जुन २ भित्रमा सुरुआत गर्नेबारे छलफल भइरहेको छ । तर आधिकारिक निर्णय भने भइसकेको छैन ।

कोभिड १९ बाट संक्रमति युरोपियन राष्ट्रहरुमध्ये इटली सबैभन्दा प्रभावित छ । कोभिड१९ बाट आइतवार इटलीमा २६० जनाको मृत्यु भएको थियो । मार्च १४ यता एक दिनमा मृत्यु भएको यो सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment