Comments Add Comment

लकडाउन उल्लंघन गर्नेहरु धमाधम कारबाहीमा (फोटो फिचर)

लकडाउन उल्लंघन गरेपछि कारबाहीका लागि सिंहदरबार पश्चिमगेट अगाडि राखिएका मोटरसाइकलहरु ।

१६ वैशाख, काठमाडौं । काठमाडौंमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ ।

सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् ।

सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्‍याएको छ, तर सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही थालिएको छ । मंगलबार दिउँसोसम्म काठमाडौंका सडकमा चेकजाँचका क्रममा ३ सय १८ वटा दुई पांग्रे र २४ वटा चार पांग्रे सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

त्यस्तै मंगलबार नै ८ सय ३१ पुरुष र २ सय ८० जना महिला पैदलयात्रीलाई प्रहरीले कारबाही गरेको छ । पैदलयात्रीलाई कारबाहीस्वरुप सडकमा उभ्याउने गरिएको छ ।

घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment