Comments Add Comment

लिभरपुलका पूर्वस्ट्राइकर रोबिन्सनको निधन

१७ वैशाख काठमाडौं । इंग्लिस क्लब लिभरपुल र रिपब्लिक अफ नर्दन आयरल्याण्डका पूर्वस्ट्राइकर माइकल रोबिनसनको निधन भएको छ ।

रोबिनसनको ६१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनी २०१८ मा स्किन क्यान्सरबाट पीडित थिए ।

लिभरपुलले स्टेटमेन्ट जारी गर्दै यस घटनाबाट अत्यन्त दु:खी भएको जनाएको छ ।

रोबिन्सन स्पेनमा चर्चित स्पोर्ट्स ब्रोडकास्टरसमेत हुन् ।

सन् १९८३-८४ मा लिभरपुलमा रहँदा उनले क्लबलाई लिग उपाधि, युरोपियन कप र लिग कप जिताउन भूमिका खेलेका थिए ।

उनले प्रेस्टन, म्यानचेस्टर सिटी, ब्राइटन र क्युपीआरबाट समेत प्रिमियर लिग खेलेका थिए । त्यसपछि उनी स्पेन गएर ओसासुनाबाट सन् १९८९ मा खेल करियरको अन्त्य गरेका थिए ।

उनले आयरल्याण्डका लागि २४ अन्तर्राष्ट्रिय खेल खेल्दै ४ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment