+
+
Shares

रामेछापमा दीर्घरोगीलाई घरमै औषधि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १२:४१

१७ वैशाख, रामेछाप । रामेछापका स्थानीय तहले दीर्घरोगीलाई टोलटोलमा औषधि पुर्‍याउन सुरु गरेका छन् । लकडाउनका कारण नियमित औषधि सेवनमा समस्या परेका दीर्घरोगीहरुलाई लक्षित गरी स्थानीय तहहरुले औषधि वितरण सुरु गरेका हुन् ।

स्थानीय तहहरुले वडा कार्यालयमार्फत दीर्घरोगीका बिरामीहरुको तथ्यांक संकलन गरी औषधि वितरण कार्य अघि बढाएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । दीर्घरोगीहरुले सेवन गर्ने औषधि वितरण कार्यलाई निरन्तरता दिने अध्यक्ष सुनुवारले बताए ।

रामेछाप नगरपालिकाले पनि दीर्घरोगीहरुलाई औषधि वितरणको काम सुरु गरेको छ । अहिलेको अवस्थामा दीघरोगीहरु अस्पताल आउनु जोखिमपूर्ण रहेकोले वडा कार्यालयमार्फत तथ्यांक संकलन गरी औषधि वितरणको व्यवस्था मिलाइएको रामेछाप नगरपालिकाकी उप्रमुख सिर्जना खड्काले बताइन् ।

गोकुल गंगा गाउँपालिकाले पनि दीर्घरोगीहरुलाई नियमित औषधि उपलब्ध गराउने भएको छ । लकडाउनका कारण औषधि सकिएर समस्यामा परेकाहरुलाई वडा कार्यालयमा नाम दार्ता गराउन पालिकाले सार्वजनिक सूचना जारी गरेको गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठले जानकारी दिइन् ।

अन्य पालिकाहरुले पनि दीर्घरोगीहरुलाई वडामै औषधि पुर्‍याउने तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?