Comments Add Comment

स्पेनमा मे ४ देखि खेलाडीले ट्रेनिङ गर्न पाउने

१७ वैशाख, काठमाडौं । स्पेनका खेलाडीहरुले आगामी मे ४ देखि ट्रेनिङ गर्न पाउने भएका छन् । स्पेनिस प्रधानमन्त्री पेड्रो साचेजले व्यावसायिक खेलाडीहरु मे ४ देखि ट्रेनिङमा फर्कन सक्ने घोषणा गर्नेका हुन् । सामान्य अवस्थामा फर्कनका लागि यसलाई त्यहाँ सरकारको योजनाको फेज जिरोको रुपमा लिइएको छ ।

प्रधानमन्त्रीले सान्चेजको घोषणापछि स्पेनिस फुटबल लिग समेत विस्तारै सुरु हुनेमा आशा बढेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ ले गर्दा अहिले स्पेनसहित युरोपका फुटबल लिगहरु स्थगित छन् ।

व्यावसयी खेलाडीले मे ४ देखि व्यक्तिगत रुपमा ट्रेनिङ गर्न सक्नेछन् । प्रधानमन्त्री सान्चेजले भने । त्यसैले व्यवसायीक खेलाडी र फेडेरेसनका खेलाडीको व्यक्तिगत ट्रेनिङ सेसन सुरु हुनुलाई फेज जिरोको रुपमा मान्यता दिइनेछ ।

यस्तै फेज वानमा व्यावसायिक लिगको ट्रेनिङ सेसनहरु सुरुवात हुने जनाइएको छ ।

फेज टु मा ५० जनासम्म उपस्थित हुने कल्चरल इभेन्ट्स आयोजना गर्न दिइने जनाइएको छ ।

यसैबीच स्पेनिस ला लिगाका अध्यक्ष ह्याभिएर तेबासले स्पेनमा फुटबलको फेरि सुरुवात गर्नु महत्वपूर्ण विषय रहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment