Comments Add Comment

आहा ! कति राम्रो संस्कार, हात धोएर भित्र आउ

सोमबार बिहान राहतको रिपोर्ट बनाउन भन्दै हिँडेको हुँ, भीमदत्त नगरपालिकाको कार्यालय । कार्यालयको गेट नपुग्दै नगरपालिकाले दुई हजार लिटरको पानी भरेर एउटा पानी ट्याङ्की राखेको छ । त्यो ट्याङ्कीमा एउटा ब्यानर टाँगेको छ, ‘हात धुने स्थान’ ‘कृपया अनिवार्य रुपमा हेन्डवास वा साबुनपानीले हात धोएर मात्र कार्यालयमा प्रवेश गर्नुहोला’ ।

मैले पनि साबुन पानीले मिचिमिच करिब आधा मिनेट जति समय लगाएर हात धोएँ अनि भित्र जान तयार भएँ । गेटमा नगरप्रहरी मित्रहरू बसेका थिए उनीहरूले नाम दर्ता गर्ने र भित्र जानेलाई हातमा सेनिटाइजर पनि लगाइ दिने गरेका रहेछन् । मलाई पनि नाम सोधे अनि सेनिटाइजरले हात धुनुस् सर भने ।

उनीहरूले नै हातमा राखिदिए, सेनिटाइजरको थोपाहरू, हातमा मल्न खोजेको त दल्नेबित्तिकै हातमा कस्तो शीतल महसुस भयो । मनमा लाग्यो, ‘आहा ! कति राम्रो संस्कार सिकाउँदै छ हामीलाई यो कोरोनाको त्रासले ।’ सबै कार्यालय र घरमा हात धुने संस्कार हुनुपर्ने रहेछ ।

साबुन पानीले हात धुनु केवल कोरोनाबाट मात्र बँचिने होइन यो एक स्वास्थ्य जीवनको आधारभूत कुरा पनि हो ।

हरेक व्यक्तिले आफूले आफ्नो घर होस् वा अफिस जहाँ जाँदा पनि गन्तव्यमा पुगिसकेपछि उक्त घरमा प्रवेश गर्नु अघि राम्ररी हात खुट्टा मुख धुनु निकै उपयुक्त देखिन्छ । यसले एकातिर आफूलाई कोरोना जस्ता महामारी रोगको किटाणुरहित बन्नमा  मद्दत पुर्‍याउँछ भने अर्का व्यक्तिको आनीबानीमा सुधार आई व्यक्तिगतरुपमा स्वस्थ्य र सफा रहन्छ ।

सधैँ सरसफाइ गर्ने व्यक्ति निकै फुर्तिलो समेत हुनेगर्छ ।

विश्वभरमा फैलिरहेको कोरोनाले समाजमा निकै परिवर्तन ल्यायो अर्थात् निकै गतिलो संस्कारको पुनरावलोकन तथा अभ्यास गराएको आभाष गराएको छ ।  प्रायः खानाखानु पहिले सकेसम्म राम्ररी हात धुन बिर्सेका हामी मानव समुदायलाई कोरोनाको संक्रमणको त्रासले एकै दिनमा पनि पटकपटक हात धुने बनाइएको दिएको छ ।

हात खुट्टा धुन लापरवाही गर्नेहरूका लागि कोरोनाले राम्रोसँग हात धुनपर्छ भन्ने सिकाएको छ । यति मात्र नभएर अझ घरबाहिरबाट घरमा पुगेपछि घरमा राम्रोसँग हातखुट्टा घोएर मात्रै घरभित्र बस्ने एक पुरानो तर वैज्ञानिक संस्कृति कोरोनाको त्रासले सिकाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment