Comments Add Comment

वीरगञ्जमा चिकित्सकलाई ३ सय थान ज्याकेट

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा क्रियाशिल चिकित्सकहरुका लागि ज्याकेट प्रदान गरिएको छ । लकडाउनको समयमा स्वास्थ्य सेवा प्रदान गर्न बाहिर हिँडडुल गर्ने चिकित्सकहरुका लागि उपयोगी ज्याकेट प्रदान गरिएको हो ।

नेपाल औषधि उत्पादक संघ केन्द्रीय समितिले बुधबार नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जलाई ‘डाक्टर’ लेखिएको ज्याकेट प्रदान गरेको डा. उदय नारायण सिंहले जानकारी दिए ।

नेपाल औषधि उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष प्रभात रुङ्गटाले नारायणी अस्पतालमा पुगेर नेपाल चिकित्सक संघका नारायणी शाखा अध्यक्ष डा. अरुण कुमार सिंहलाई ज्याकेट हस्तान्तरण गरेका थिए । कोभिड–१९ को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कामको लागि बाहिर निस्कँदा समेत प्रहरी प्रशासनबाट दुर्व्यवहार खेप्नु परेको गुनासो आइरहेको छ । डाक्टर लेखिएको ज्याकेट लगाएर बाहिर निस्कँदा केही मात्रामा भए पनि सहज महसुस हुने चिकित्सकहरुको अनुमान छ ।

डाक्टर लेखिएको ज्याकेट कोभिड–१९ को उपचारमा संलग्न सम्पूर्ण चिकित्सकलाई प्रदान गरिने डा. सिंहले बाताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment