+
+

ऋषिको अन्तिम संकार ४ बजे गरिने, परिवारको अपिल–‘सामाजिक दुरी कायम राख्नुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १४:४९

बलिउड नायक ऋषि कपुरको आज बिहान निधन भयो । विगत २ बर्षदेखि उनी ब्लड क्यान्सरबा पीडित थिए ।

ऋषि कपुरको निधन भएपछि उनको परिवारले एक सन्देश सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणका कारण भारतमा जारी लक डाउनलाई पालना गर्न उनका फ्यानलाई अपिल गरेको छ ।

ऋषिकी छोरी रिद्दिमा दिल्लीबाट मुम्बई आएपछि उनको अन्तिम संकार गरिनेछ । छोरी रिद्दिमालाई चार्टर प्लेनबाट मुम्बई आउनका लागि अनुमती मिलेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मुम्बइको चन्दनवाडीमा उनको अन्तिम संकार गरिनेछ । ऋषिको निधनपश्चात उनको परिवारले एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘दुई बर्षसम्म ल्यूकेमियासँग लडाई लड्दा लड्दै हाम्रो प्यारो ऋषि कपुरको आज बिहान निधन भएको छ । अस्पलातका डाक्टर र मेडिकल स्टाफका अनुसार अन्तिम समयसम्म पनि उनले मनोरञ्जन दिइरहेका थिए ।’

परिवारका अनुसार, उपचारका क्रममा उनको ध्यान परिवार, साथी, चलचित्र र मिठा खानेकुरामा थियो । परिवारले सार्वजनिक गरेको सन्देशमा भनिएको छ–‘विश्वभरका फ्यानबाट मिलेको साथ र मायाका कारण उनी उत्साहित थिए । आफ्नो निधन पश्चात फ्यानले आफूलाई आँशुले होइन कि हाँसोले संझिउन् भन्ने ऋषिको चाहना थियो ।’

मुम्इको अस्पतालमा नायिका आलिया भट्ट, ऋषिका छोरा नायक रणवीर कपुर, पत्नी नितु कपुर, नायक सैफअली खान, नायिका करिना कपुर, नायक अभिषेक बच्चन लगायतको उपस्थिती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?