+
+
Shares

पुनर्कर्जा कोष १ खर्बको हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १८:०२

१८ वेशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा सीमा बढाएर एक खर्बको बनाउने भएको छ । १४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग व्यवसायमा असहज अवस्था आएको भन्दै पुनर्कर्जा कोष एक खर्बको बनाइने निर्णय गरेको छ ।

हाल ६० अर्ब रहेको कोषलाई १ खर्ब बनाइने भएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनु अगावै राष्ट्र बैङ्कले पुनर्कर्जा कोष क्रमशः बढाउने बताइसकेको थियो ।

राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले पनि पुनर्कर्जा बढाइने बताए । तर, एकै पटक नभई क्रमशः बढाउदै लैजाने राष्ट्र बैङ्कको नीति रहेको उनले सुनाए ।

कोरोना भाइरसको महामारीबाट फैलिएपछि उद्योग-व्यवसायमा असहज अवस्था आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?