+
+

निजी विद्यालयले चैतको शुल्क लिन नपाउने, पुँजी अभाव भए सरकारले सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १८:०८

१८ वैशाख, काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो ।

१६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय सञ्चालकहले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताएका थिए ।

एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क निजी विद्यालयले दिनुपर्ने भएको छ । निजी विद्यालयमा माध्यामिक स्तरसम्मको शुल्कलाई मिहाना गर्न सरकारले निर्णय गरेको थियो ।

निजी विद्यालय सञ्चालनका लागि चालु पुँजीको अभाव हुने भएमा भने बैङ्क तथा वित्तीय संस्थामार्फत कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ । सरकारले दोस्रो आर्थिक प्याकेजमा यस्तो निर्णण ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?