Comments Add Comment

कृषि उत्पादन बजार पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान

१८ वैशाख, काठमाडौं । सरकारले कृषि तथा पशुपन्छीजन्य उत्पादन नजिकको बजारसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान घोषणा गरेको छ ।
सरकारले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको राहत प्याकेजमा यस्तो अनुदान व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारको उक्त निर्णयपछि अब कृषकले तरकारी, दूध, माछा-मासु, तरकारी, अण्डा तथा खाद्यन्न ढुवानी गर्दा ढुवानी खर्चको २५ प्रतिशत खर्च सरकारले ब्यहोर्ने छ ।

कृषि मन्त्रालयले समन्वय गर्ने गरी घोषणा यस्तो अनुदान स्थानीय तहले किसानलाई उपलब्ध गराउने छ । लकडाउन अवधिभर हुने ढुवानीमा अनुदान पाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment