Comments Add Comment

माडी नगरपालिकाले बाँड्यो २५ सय परिवारलाई राहत

१८ वैशाख, माडी (चितवन) । चितवनको माडी नगरपालिकाले चरणबद्ध रुपमा कूल २५ सय घरपरिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरहरूलाई लक्षित गरी राहत वितरण कार्यलाई पनि तीन चरण गरी वितरण गरिएको हो ।

तेस्रो चरणसम्ममा करिब २५ सय परिवारलाई राहत सामग्री उपलब्ध गराइएको विपद् राहत व्यवस्थापन समितिका संयोजक भागीरथ बस्यालले जानकारी दिए । केही स्थानमा समयमै यथार्थ विवरण आउन नसक्दा वितरण कार्यमा केही असहजता भएकोले जनप्रतिनिधि र समाजसेवीहरुको समन्वयमा समाधान गरिएको संयोजक बस्यालले बताएका हुन् ।

माडी नगरपालिकामा राहतको लागि विभिन्न संस्था र व्यक्तिहरूको स्वतःस्फूर्त सहयोग भएकोले राहत उपलब्ध गराउन सहज भएको माडी नगरपालिकाका सूचना अधिकारी प्रवीन भण्डारीले बताए । नगद र जिन्सी सहयोग गर्नेहरूको लामै सूची भएकोले एकीकृत गरी सार्वजनिक गर्ने तयारीमा लागिरहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

अब भने राहत वितरण कार्यलाई श्रमसँग जोड्ने तयारी भएको छ । काम नपाएर समस्या हुनेहरूलाई काम दिने र दैनिक ज्यालास्वरुप ७ सय रुपैयाँ नगद उपलब्ध गराउने तयारी भएको नगर प्रमुख ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment